२४ घण्टामा थप ८९५ जनामा सङ्क्रमण पुष्टि
काठमाडाैं | साउन १६, २०७९
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभरका ल्याबबाट कुल पाँच हजार ९०९ जनाको परीक्षण गर्दा ८९५ जनामा कोरोना पुष्टि भएको हो ।
जसमध्ये तीन हजार ६८५ जनाको पीसीआर परीक्षण गर्दा ६३२ र दुई हजार २२४ जनाको एन्टीजेन परीक्षण गर्दा २६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार थप एक जनाको कोरोनाले मृत्यु भएको छ भने २६४ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३३ हजार १७६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।
त्यस्तै, हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ९३४ पुगेको छ । काठमाडौं र ललितपुरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । त्यसैगरी, कास्कीमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।
मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङमा सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा दुई हजार ८७२, ललितपुर ५४३ र भक्तपुरमा ३७ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...
पोखराः पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट ...

